मुस्ताङमा प्रसूति शल्यक्रिया सेवा
मुस्ताङ | भदौ १, २०७९
तस्बिर साभार
भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याएको छ । संघीय सरकारको गत आर्थिक वर्षमा (सिओएमसी)साईट स्थापना कार्यक्रम अन्तर्गत विनियोजित २५ लाख बजेट मार्फत जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण तथा सामाग्री उपलब्ध गराईपछि जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याईएको हो ।
संघीय सरकारले मुस्ताङ जिल्ला अस्पताललाई सिओएमसी साईट स्थापनाका लागि गत आर्थिक वर्षको अन्तिममा आवश्यक उपकरण तथा सामाग्री खरिद गर्न बजेट उपलब्ध गराएको थियो । यसपछि अस्पतालले अप्रेसन थिएटर(ओसी) कक्षको आवश्यक स्तरोन्नति र मर्मत गरी मुस्ताङ जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले अन्नपूर्णलाई जानकारी दिए ।‘
३ महिना अघि प्रसूति शल्यक्रिया संम्वन्धि उपकरण हामीलाई प्राप्त भयो,दुई हप्तामा ओसी कक्षको स्तरोन्नति गर्यौं, निमित्त मेसु तिवारीले भने,‘ त्यसपछि दुई हप्तामा हामीले यसको सबै व्यवस्थापन मिलायौं ,अब सामान्य प्रसूति अप्रेसन गर्न पोखरा–काठमान्डौं धाउन पर्दैन ।’ मुस्ताङ जिल्ला अस्पतालमा सिओएमसी साईड स्थापनासंगै पहिलो पटक प्रसूति सेवा संञ्चालनमा आएपछि यसको सफल परीक्षण समेत भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन तिवारीले जानकारी दिए ।
मंगलबार सामान्य सुत्केरी व्याथाले चापेर प्रसूतिका लागि मुस्ताङ अस्पताल ल्याईएकी थासाङ–३ लेते कालोपानीकी २४ वर्षीय अनिता परियारको प्रसूति शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । उनी शल्यक्रिया मार्फत बच्चा जन्माउने पहिलो महिला बनेकी छिन् । उनको प्रसूति शल्यक्रियाका लागि अस्पतालका एमडिजिपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी,डा. राजिव सापकोटा ,स्टाफ नर्स सुनिता श्रीमल, निता घर्ती र सहयोगी सनिलाल परियार समेतको टोली खटिएको थियो ।
उनीहरुले प्रसूति व्यथाले च्यापेकी महिलाको पेटबाट शल्यक्रिया गरेर २ केजी ८ सय ग्राम तौलको बच्चा बाहिर निकालेका थिए । अस्पतालले शल्यक्रिया मार्फत प्रसूति गराईएकी महिला र शिशुको अवस्था सामान्य रहेको जनाएको छ । यसअघि मुस्ताङ जिल्ला अस्पतालमा प्रसूति शल्यक्रिया संम्वन्धि सेवा नहुँदा महङगो खर्च गरेर पोखरा–काठमान्डौं लैजान पर्ने बाध्यता थियो । कतिपय डेलिभरी महिलाहरुले ब्याथाले समयमा प्रसूति सेवा तथा उपचार पाउँन नसक्दा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो ।
जिल्ला भित्र प्रसूति सेवाको माध्यमबाट सफल शल्यक्रिया गरी सहज डेलिभरी गराईएपछि डेलिभरी भएकी महिलाकी श्रीमान मनिस परीयार उत्साहित भएका छन् ।‘ मंगलबारदेखि श्रीमतीलाई ब्यथाले च्याप्यो, कता लैजाने अलमलमा थिए ,उनले भने,पोखरा लैजाउकी म्याग्दीको बेनी लैजाउ भन्ने सोचमा थिए , मुस्ताङ अस्पतालमै शल्यक्रिया सुविधा छ भन्ने सुने , यसैले श्रीमतीलाई यहाँ ल्याएको हुँ ।’ उनले मुस्ताङमा पहिलो पटक सुरु भएको यसप्रकारको सेवा सुविधाले मुस्ताङी डेलिभरी हुने महिलालाई ठुलो राहत पुर्याउने विश्वाश व्यक्त गरे ।
मुस्ताङमा पहिलो पटक महिलाको डेलिभरी सम्वन्धि सहज र सफल शल्यक्रिया सफल भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी उत्साहित भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक श्रोत साधन नहुँदा बिरामीले विभिन्न कठिनाई झेल्नुपर्ने अवस्था रहेकोमा शल्यक्रिया सेवा संञ्चालनले राम्रो सन्देश प्रवाह गरेको अस्पतालले जनाएको छ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

